‘प्रचण्ड’ लाई विश्वासको मत नदिन एमालेको ह्वीप
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन नेकपा एमालेले ह्वीप जारी गरेको छ ।
नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको हो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पर्सि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय