वीरगञ्जस्थित श्रीसिया सुक्खा बन्दरगाह कार्यालयले चालू आर्थिक वर्ष २०८०र८१ को असार २४ गतेसम्म ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा कार्यालयले ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँको लक्ष्य पाएकोमा ७०।०२ प्रतिशत अर्थात् ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको हो।
यो तथ्यांकले देखाउँछ कि चालू आर्थिक वर्षको तुलनामा गत आव २०७९र८० मा सोही अवधिसम्म भन्सार कार्यालयले कुल लक्ष्यको ६२।८८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको थियो। गत वर्षमा कार्यालयले ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजारको लक्ष्य पाएकोमा ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सफल भएको थियो।
चालू आवमा भन्सार विभागले ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैयाँ राजस्व लक्ष्य निर्धारण गरेको थियो। यस वर्षको लक्ष्यलाई पूरा गर्नमा समस्या भएको भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकारी सुशील शर्माले बताएका छन्।
कार्यालयले चालू आवको साउनमा चार अर्ब २४ करोड ६३ लाख ३५ हजार रुपैयाँको लक्ष्य पाएकोमा ९६।०१ प्रतिशत अर्थात् चार अर्ब सात करोड ६९ लाख ९५ हजार रुपैयाँ सङ्कलन गरेको थियो।
अन्य महिनाहरूमा कार्यालयले यस प्रकार राजस्व सङ्कलन गरेको छ ।
भदौमास् पाँच अर्ब ३७ करोड २८ लाख १८ हजारको लक्ष्यमा ८५।१५ प्रतिशत अर्थात् चार अर्ब ५७ करोड ५० लाख ६४ हजार।
असोजमास् पाँच अर्ब ८९ करोड ६ लाख ७२ हजारको लक्ष्यमा ७४।५२ प्रतिशत अर्थात् चार अर्ब ४६ करोड ४१ लाख ७३ हजार।
कात्तिकमास् पाँच अर्ब ३९ करोड १० लाख ८९ हजारको लक्ष्यमा ६७।४६ प्रतिशत अर्थात् तीन अर्ब ६३ करोड ६९ लाख २३ हजार।
मङ्सिरमास् पाँच अर्ब ६५ करोड ६१ लाख ४८ हजारको लक्ष्यमा ७५।८२ प्रतिशत अर्थात् चार अर्ब २८ करोड ८५ लाख १८ हजार।
पुसमास् पाँच अर्ब ६२ करोड १० लाख ३६ हजारको लक्ष्यमा ६६।८२ प्रतिशत अर्थात् तीन अर्ब ७५ करोड ५८ लाख २४ हजार।
माघमास् पाँच अर्ब ३५ करोड ८९ लाख २ हजारको लक्ष्यमा ६९।८८ प्रतिशत अर्थात् तीन अर्ब ७४ करोड ४७ लाख ५४ हजार।
फागुनमास् पाँच अर्ब ७९ करोड ७६ लाख ५४ हजारको लक्ष्यमा ६२।४५ प्रतिशत अर्थात् तीन अर्ब ६२ करोड ४ लाख ४६ हजार।
चैतमास् पाँच अर्ब ३२ करोड ९१ लाख २६ हजारको लक्ष्यमा ८०।४७ प्रतिशत अर्थात् चार अर्ब २८ करोड ८२ लाख ४० हजार।
वैशाखमास् पाँच अर्ब ५० करोड ८३ लाख ४५ हजारको लक्ष्यमा ६५।१३ प्रतिशत अर्थात् तीन अर्ब ५८ करोड ७४ लाख १ हजार।
जेठमास् छ अर्ब ४ करोड ९९ लाख ८७ हजारको लक्ष्यमा ६०।७४ प्रतिशत अर्थात् तीन अर्ब ६७ करोड ४७ लाख ३२ हजार।
असारमास् पाँच अर्ब ६१ करोड ८० लाखको लक्ष्यमा असार २४ गतेसम्म ४३।७७ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ८८ लाख ६३ हजार।
चालू आवमा सबैभन्दा कम राजस्व सङ्कलन असार, जेठ, फागुनमा भएको छ भने साउन, भदौ, असोज, मङ्सिर, चैत, माघमा बढी राजस्व सङ्कलन भएको देखिएको छ।
कार्यालयका सूचना अधिकारी शर्माका अनुसार गत आवभन्दा चालू आवमा मालवस्तुको आयात परिमाण घटे पनि राजस्व वृद्धि भएको बताएका छन्। उनले चालू आवमा झन्डै १० प्रतिशतभन्दा बढी अर्थात् चार अर्बभन्दा बढी राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिएका छन्