Birgunj News24
पहिरोले बगाएका एन्जल डिलक्स बसमा वीरगञ्जबाट चढेका थिए चालकसहित२४ यात्रु  (नामसहित)

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३ ००६ ख १५१६ एन्जल बसमा चालक र सहचालकसहित २४ यात्रु रहेको खुलेको छ । वीरगञ्जको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि छन ।
प्राप्त सो बसका यात्रुहरुको विवरणमा पूरा नाम र ठेगाना 
चालक जवहार  महतो नगवा,कन्टेकटर राजकुमार लामिछाने केसी ( राजेन्द्र ) साउजीको भाइ, सहचालक चौधरी ,यात्रुहरू प्रकाश पटेल –१४ पिपरा,अन्सारी – भारत ,सन्तोष ठाकुर भारत ,आबिद मियाँ–भारत , सहनवाज– भारत ,सुनिल साह – भारत , हरेन्द्र पण्डित– नगवा ,प्रमानन्द पण्डित मुसहरवा– बारा ,बिधानारायण राउत ,जमुनिया,सलिम मियाँ– रगुनाथपुर ,रयफुल आलम कटेया– बारा,सुजित– रामनगरी–२१ यात्रु र चालक सहचालक कन्टेकटर– ३ गरि २४ जना रहेको छन् । 
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्स सहित दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update