एञ्जल डिलक्स बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिए ।
वीरगञ्ज स् पहिरोले बगाएका वीरगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३ ००६ ख १५१६ एन्जल बसमा २४ यात्रुमध्ये सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना परेका छन् । तीमध्ये पालिकाको दुई जना स्वास्थ्यकर्मीे कर्मचारी पनि रहेका हुन्। घटनाको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थलमा पुगेका छ ।
आज बिहान तीन सिमलतालमा गएको लेदो सहितको पहिरोमा वीरगन्जबाट काठमाडौं गईरहेको एञ्जल डिलक्स बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिए । उनले, घटनास्थलमा खोजी र उद्धार कार्य जारी बताए ।
उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।
उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी श्रृष्टि यादव र ल्याब असिस्टेण्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवानाका रैफुल अन्सारी रहेका छन् ।