बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटवा जब्दीका पाँच सय जनालाई अमलाको विरुवा वितरण गरिएको छ । नयाँ कदम नेपाल नामक संस्थाले एक कार्यक्रमका बीच पाँच सय जनालाई अमलाको विरुवा वितरण गरेको हो ।
विरुवा रोप्नका लागि नागरिकलाई प्रेरित गर्ने अभिप्रायले विरुवा वितरण गरिएको नयाँ कदम नेपालका अध्यक्ष रंजित कुमार पाण्डेले बताए । उनकाअनुसार यस संस्थाले वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रसँगै अन्य सचेतनामुलक एवम् सन्देशमुलक क्षेत्रमा काम गर्दै आएको छ ।
अमला स्वास्थ्यका लागि पनि महत्वपूर्ण मानिने र घरमा लगाउन र हुर्काउन सहज हुने भएकाले यसको विरुवा वितरण गरिएको उनको भनाई छ ।
विरुवा वितरण कार्यक्रममा संस्थापका उपाध्यक्ष मनिष दुबे, कोषाध्यक्ष अजय कुमार तिवारी, लगायत संस्थाका पदाधिकारी, सदस्य एवम् स्थानीयको उपस्थिती रहेको सचिव अनुराधा अधिकारीले जानकारी दिइन् ।