Birgunj News24
शिवशक्ति ग्रुप जितपुरद्वारा वीरगंजमा सम्मान तथा भेटघाट कार्यक्रम  ५० देखि १६०० कार्टुन बेच्ने व्यवपारिहरु सम्मानित

राकेश साह
शिवशक्ति ग्रुप जितपुरले आज वीरगंजमा उपहार बितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शिवशक्ति घ्यु उद्योग प्रालिद्वारा  उत्पादित बिभिन्न ब्राण्ड बिक्री गर्ने बारा पर्साका डिलर,होलसेलर तथा खुद्रा .बिक्रेताहरुलाई सम्मान  गरेको हो । उद्योगका महाप्रबन्धक सतिश अग्रवाललको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ डिलर,१११ थोक बिक्रेताहरुलाई बिभिन्न उपहार सहित सम्मानित गरिएको थियो । कार्यक्रममा ५० कार्टुन बिक्री गर्ने ५८ जनालाई छाता, १०० कार्टुन बिक्रि गर्ने १७ जनालाई स्कुल व्याग,१५० कार्टुन बिक्री गर्ने ९ जनालाई व्लुतुथ स्पिकर,२०० काटुर्न बिक्री गर्ने ११ जनालाई रेनकोट,३०० कार्टुन बिक्री गर्ने ५ जनालाई थाली सेट,४०० कार्टुन बिक्री गर्ने २ जनालाई बेडसिट,५०० कार्टुन बिक्री गर्ने ३ जनालाई कुकर, ६०० कार्टुन बिक्री गर्ने २ जनालाई स्मार्ट वाच, ८०० कार्टुन बिक्री गर्ने २ जनालाई टेबल पंखा र १६०० कार्टुन बिक्री गर्ने ३ जनालई १७० लिटरको फ्रिज उपहार प्रदान गरिएको उद्योगका पवन अग्रवालले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महाप्रबन्धक सतिश अग्रवालले कम्पनीले बिगत ४० बर्षदेखि आफनो उत्पादनलाई निरन्तरता दिएको बताए ।  अग्रवालले आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्न सफल यस कम्पनीले क्वालिटी संग कुनै सम्झौता नगरेकोले हरेक भन्साको रोजाई बन्न सफल भएको दावी गरे । यस उद्योगले उत्पादन गर्ने फेमिली,रसोई ब्राण्डको शुद्ध तोरीको तेल,उर्जा ब्राण्डको चामल,दाल लगायतका उत्पादन गुणस्तरिय रहेकोले नेपाली उत्पादनलाई माया गर्न आग्रह गरे ।  
फेमिली तेल उपहार बितरण तथा भेटघाट कार्यक्रम अन्र्तगत होटल भिस्वामा सम्पन्न कार्यक्रममा तेल बिभागका उमाशंकर महतो,चामल बिभागका भरतभुषण सिंह र दाल बिभागका मणिकान्त गुप्ताले आ आफनो उत्पादनको बिशेषताका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बारा पर्साका करिब १५० जना भन्दा बढि व्यवपारिहरुको सहभागिता थियो ।  कार्यक्रमको सहजिकरण संचारकर्मी साजिर मन्सुरले गरेका थिए ।

वीरगंजका मेयर सिंह र वाराणसीका मेयर तिवारी बिच भेटवार्ता
वीरगञ्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ले भारतको धार्मिक पर्यटकिय वाराणसी नगर निगमका मेयर अशोक कुमार तिवारी सित भेटवार्ता गर्नु भएको छ ।

शनिवार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित पुगेको प्रतिनिधिमण्डल लाई वाराणसी नगर निगमको कार्यकक्ष मा ९बनारस,भारत० मेयर अशोककुमार तिवारी ले स्वागत गर्दै सम्मान गर्नु भएको थियो ।
मेयर सिंह ले वराणसीका मेयरलाई रुद्राक्ष को माला खादा र टोपी लगाएर सम्मान गर्नु भएको थियो ।
भेटघाट मा वीरगञ्जलाई धार्मिक पर्यटकिय शहर बनाउन समबन्धि छलफल भएको थियो । भारत उत्तर प्रदेशको वराणसी शहर र नेपालको बीरगन्ज महानगर पालिका बीच भगिनी सम्बन्ध विस्तार गर्न समेत छलफल भएको थियो ।
वीरगञ्जबाट प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिका का सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायत सहभागी छन्।
यसैबीच बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले भारतको धार्मिक पर्यटकिय वाराणसी स्थित नेपाली संस्कृत महाविद्यालय मा वेद , व्याकरण, शास्त्र र संस्कृत अध्यनरत नेपाली विद्यार्थीहरु सित भेटवार्ता गर्नु भएको छ ।

शनिवार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ले सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय सित आवद्ध रहेको नेपाली संस्कृत महाविद्यालय वाराणसी का विद्यार्थीहरु र प्रचार्यसित भेट गर्न पुग्दा विद्यार्थीहरुले वैदिक मन्त्र उच्चारण गरी स्वागत गरेका थिए ।

भेटका क्रममा महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिका का सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायत को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update