Birgunj News24
नेपाल रेडक्रस सोसाइटी पर्साद्रारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटी पर्साले वीरगंजका सामुदायिक र संस्थागत स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । रेडक्रसले शिक्षक र बिद्यार्थीहरुलाई रोड सुरक्षा तथा लागू औषध सम्बन्धि प्रशिक्षण दिएको हो । 
कार्यक्रम बिनोद गिरीको अध्यक्षता तथा  बिरगंज महानगरपालिकाको शैक्षिक प्रमुख अरविन्दलाल कर्ण को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अरविन्द्लाल कर्णले रेडक्रस सोसाईटीको समाजमा महत्वपुर्ण भुमिका रहेकोले यसको काम कर्तव्य बारे स्कुल देखि नै बिद्यार्थीहरुलाई प्रशिक्षण दिनुपर्ने धारणा राखे ।उनले
सामुदायिक बिधालयमा रेडक्रसको  सहभागीता बढेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले नेपालमै  पहिलो पटकमा बिरगंजमा संस्थागत र सामुदायिक बिधालयको  बिद्यार्थीहरुलाई सहभागी गराएर सेवाको भवना तथा सडक दुर्घटना र लागू औषध नियन्त्रण बारे गरिएको कार्यक्रमको प्रशंसा गरे । 
 कार्यक्रममा रेडक्रस सोसाईटीका विष्णु नेपाल , फुलमहमद मिया , मधु राणा , मोहन यादव , आलोक चौरसिया , जियालाल गुप्ता , सन्तोष गुप्ता लगायतको उपस्थिती थियो । जिल्ला ट्राफिक कार्यालय पर्साको सहायक वरिष्ठ सहायक निरीक्षक बुद्ध खड्काले नियमको पालना बारे चर्चा गरेका थिए । उनले ट्राफिक नियमको पालना नगर्दा दैनिक दर्जनौ दुर्घटनाहरु हुने गरेको तथ्यांक प्रस्तुत गरे । ट्राफिक नियम सम्बन्धि  समान्य नियम पालना नगर्दा ठुलो दुर्घटना हुने गरेकोले सवैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरे । 

त्यसतै जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी निरीक्षक रोशन थापाले लागू औषधका बिबिध पक्षबारे चर्चा गरेका थिए ।कार्यक्रम चार चरणमा गरिएको थियो । कार्यक्रममा  स्वागत मन्तव्य धर्मदत बिडारीले दिुनभएको थियो भने सहजीकरण बिरशमशेर पटेल गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update