Birgunj News24
आइसीपीमा लागेको पटके कर हटाउन वडा अध्यक्ष छतकुलीको माग ।

बिरगंज महानगरपालिका वडा नं. १७ अलौं स्थित आइसिपी रोडबाट सवारी करको ढाट हटाउन वडा अध्यक्ष संजु छतकुलीले माग गरेका छन् । वडाध्यक्ष छतकुलीले  आइसिपी रोडमै पत्रकार सम्मेलनको आयोजना गरेर  नियम विपरित नोभा ट्रेडिङ्ग वीरगंजले आइसिपी रोडमा विभिन्न किसिमका ठुला सवारी साधानहरुबाट पटके सवारी कर उठाइरहेकोमा  सोको विरोध गरेका हुन  ।
उनका अनुसार आइसिपी रोडमा बस, ट्रक लगायतका हेभी गाडीबाट सवारी कर उठाउँदा दुर्घटना बढेको छ । आइसिपीबाट निस्कने ठुलो संख्यामा हेभी गाडीहरु त्यहाँ रोकेर ठेक्दारले वीरगंज महानगरपालिकाको पटके सवारी कर उठाउँदा दुर्घटना हुने गरेको हो ।वडाध्यक्ष छतकुलीले सवारी कर उठाउन ठेक्दारले त्यहाँ राखेको गुमटी हटाउन आजै आफुले जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिने पत्रकार सम्मेलनमा जानकारी गराए । सवारी कर उठाउने नै भए आइसिपी रोडबाट अरु ठाउँमा गएर उठाउन उनको माग छ ।
यता नोभा ट्रेडिङ्गले भारतिय नम्बरको हेभी सवारी साधनबाट वीरगंज महानगरपालिकाले तोकेको शुल्क भन्दा बढी कर उठाइरहेको सवारी चालकहरुले गुनासो गरेका छन् । पत्रकार सम्मेलन कै क्रममा भेटिएका हेभी गाडीका सवारी चालकहरुले ठेक्दारले दुबै तर्फबाट सवारी करको नाममा रकम असुल्ने काम मात्र  गरेको र कहिले काँही रसिद दिएको भन्दा पनि बढी रकम लिने गरेको खुलासा समेत वडा अध्यक्ष छतकुलीले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update