वीरगञ्जका मुस्लिम समुदायले पनि मनाए दाहा
वीरगंजका मुस्लिम समुदायले पनि आज दाहा (मुहर्रम) मनाउदै छन। इस्लामिक पात्रो अनुसार हिजरी संवतको पहिलो महिना मुहर्रम विशेष महत्त्वको महिना हो जसलाई “युद्धविहीन महिना” पनि भनिन्छ।
वीरगञ्जका विभिन्न क्षेत्रहरुमा दाहाको विशेष तयारी देख्न सकिन्छ। मुस्लिम धर्मावलम्बीहरुले बिहानैदेखि मस्जिद र इमामबाराहरूमा विशेष प्रार्थना र धार्मिक कार्यक्रमहरु गर्दै आएका छन्।
ताजिया र मातमी जुलूसहरुमा सहभागीहरु हुसैनको बलिदानको कथा सुनाउँदै, नारा ए तकबीर र मातमी संगीतका साथ विशेष धार्मिक गीत गाएका छन्। सुरक्षाका लागि स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको छ। विभिन्न संघ(संस्थाहरुले पानी, फलफूल र अन्य खाद्य सामग्रीको व्यवस्था गरेका छन्, जसले कार्यक्रमलाई अझ व्यवस्थित बनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय