Birgunj News24
डिस्चार्ज भए बन्जारा दम्पती,आराम गर्न डा. अंसारीकोे सुझाव

साउन ७ गते सोमबार जितपुरमा गाडी दुर्घटनामा परि घाईते हुनुभएका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा र उहाँकि श्रीमती शुभद्रा बन्जारा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । वीरगंज १४ बहुअरी स्थित वीरगंज हेल्थ केयर हस्पिटलमा भर्ना हुनुभएका बन्जार दम्पति आज दिउँसो ११ बजे डिस्र्चाज हुनुभएको हो । हेल्थकेयरका संचालक डा. अबुलहैस अंसारीले बन्जारा दम्पतीलाई उपचार पछि डिस्र्चाज गरिएको बताए । “उहाँहरु समान्य घाईते हुनुभएको थियो । २४ घण्टाको निगरानीपछि आज डिस्र्चाज गरिएको छ,  अवस्था समान्य छ ,अंसारीले भने” “श्याम जिलाई तिर्घा र टाउकोमा समान्य चोट लागेको रैछ, उहाँकी श्रीमतीलाई तिर्घामा समान्य  चोट लागेका थियो । एक्सरे,सिटिस्याक्न दुवैको रिपोर्ट नर्मल छ   बिस्तारै आराम गरेपछि पुर्णरुपमा निको हुन्छ डा.अंसारीले भने ।
हिजो सिमरा एयरपोर्टबाट वीरगंज आउने क्रममा  दिउँसो साढे १२ बजे जितपुरमा बन्जारा दम्पती सवारी कारमा ट्रकले ठक्कर दिएको थियो । दुई ट्रकको ठक्करले कार पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।  ठक्कर दिने ना६ ख २६५४ र  ना ६ ख ७५४९ ट्रक र चालक ईलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update