Birgunj News24
मन्त्री गुप्ताको पर्सामा भव्य स्वागत, प्रचण्डकोे तर्साउने दिन गयो मन्त्री गुप्ता

संघिय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ठुला दलको बुई चढेर प्रचण्डको प्रधानमन्त्री बन्ने खेल समाप्त भएको बताउनुभएको छ । गृहनगर वीरगंज आउनु भएका मन्त्री गुप्ताको सम्मानमा नेकपा एमाले पर्साले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले सो कुरा बताउनुभयो । उहाँले ठुला दलहरुलाई तर्साएर माओवादी अध्यक्ष प्रचण्डले खेलेको खेल पनि समाप्त भएको बताउनुभयो । नेपाली काँग्रेस र एमाले सहितको गठबन्ध देशको लागि अपरिहार्य रहेको बताउदै अब एमाले र काँग्रेस मिलेर देश बनाउनुपर्ने धारणा राखे । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका मन्त्री गुप्ताले ओली नेतृत्वको सरकार गठन भएकै दिन सेयर मार्केटले गति लिनु सुखद  भएको बताए ।
मन्त्री गुप्ताले आफुले सम्हालेको मन्त्रालयलाई प्रभावकारी बनाउन बिभिन्न योजनाहरु बनाउन लागि परेको बताए । मन्त्री गुप्ताले तत्कालको लागि आठ बर्षदेखि रोकिएको संघिय निजामती ऐनलाई दुई अढाई महिना भित्र पास गराउने बताए । यसैगरी सरुवा बढुवाको कामलाई व्यवस्थित बनाउन बिशेष नियमावली बनाउने काम भईरहेको बताए । उहाँले एक बर्षसम्म सरुवा नहुने गरि बिशेष किसिमको नियमावली बनाउने काम भईरहेको र त्यसपछि सरुवाको काम थप व्यवस्थित हुने बताए । 
नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माको  अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा केन्द्रिय सदस्य अरविन्द सिंह,मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, संबिधान सभा सदस्य जयप्रकाश थारु,प्रदेश सभा सदस्य बिना देवी शर्मा,प्रदेश कमिटी सदस्य मन्तुरा चौधरी, पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रुबि ठाकुर,बिन्दवासिनीका उपप्रमुख ज्योति चौरसिया, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुशवाहा,पर्सागढीका नगरप्रमुख गोकर्ण पाठक,उपप्रमुख पुजा चौधरी लगायतको उपस्थिती थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनोज गुप्ताले गरेका थिए भने सहजिकरण सचिव महेश दासले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update