Birgunj News24
कलैयामा चार दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न 

बाराको कलैया चार दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ ।टेवा नेपालको सहयोगमा सखीः महिलाको साथी” नामक संस्थाले खासगरी ग्रामीण भेगमा युवा महिलाहरुका लागि आधारभुत पत्रकारीता तालिमको आयोजना गरेको हो ।

संस्थाले फेटा गाँउपालिकामा संचार क्षेत्रमा महिलाको नेतृत्व विकास र सहभागिता अभिवृद्धिका गर्ने उद्देश्यले ग्रामीण भेगमा दलित ,पिछडीएका समुदायका २१ जना किशोरी तथा महिलाहरुको लागि आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको थियो ।
संस्थाकी कार्यकारी अध्यक्ष मधु कुश्वाहाको अध्यक्षतामा भएको तालिमको सहजीकरण संस्थाकी सामाजिक परिचालिका जुही मेहताले गरेकी थिईन् भने सहभागिहरुलाई पत्रकार माधुरी महतोले प्रशिक्षण दिएकी थिईन् ।

सोमबार सम्पन्न भएको चार दिने तालिमका सहभागि महिलाहरुले तालिममा सिकेका कुरालाई मनन गर्दै अब गाउँगाउँ टोलटोलका बेथिती , समस्या , विकास निर्माण ,शिक्षा , स्वास्थ्य लगायतका हरेक क्षेत्रका विषयवस्तुलाई उठान गर्ने र समाचार बनाउने प्रयासमा लाग्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update