नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री विश्वेसर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवसको उअवसरमा वीरगन्जमा वृक्षारोपण गरिएको छ ।
नेपाली कांग्रेसले वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीस्थित स्वास्थ्य चौकीको प्रांगणमा वृक्षारोपण गरेको हो ।आँप,कटहर लगायतका प्रजातिका करिब १ सय वटा बिरुवाहरु रोपिएको हो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले नेपाली राजनीति र नेपाली साहित्यमा विपी कोइरालाकणे अतुलनीय योगदान रहेको बताए ।कुर्मीले अहिले केन्द्रदेखि स्थानिय तहसम्मका कांग्रेस नेता–कार्यकर्ताले विपीको विचार र सिद्धान्तलाई विर्सिदै गएकोमा चिन्ता व्यक्त गरे ।उनले विपीको आदर्शलाई आत्मसाथ नगर्ने हो भने कांग्रेस मात्र नभई देश नै संकटमा पर्ने बताए ।
वृक्षारोपण कार्यक्रममा कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरपालिकाका उमेयर इम्तियाज आलम,प्रदेशसभा सदस्य श्याम पटेल, कांग्रेसका क्षेत्रीय सभापति महम्मद साहबुदिन,वडाध्यक्ष सरजुग महतो, कांग्रेस जिल्ला सदस्य संजय कुमार गुप्ता ,शीव नारायण राम, शेष हजरा, राजेश कुमार तिवारी ,सेराज अन्सारी लगायतकोपनि उपस्थिति रहेको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार सदस्य राहुल गुप्ताले जानकारी दिए ।