उपराष्ट्रपति यादव र अस्ट्रेलियाली राजदूत बिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार बिदाइ भेट गरेका छन् ।
उक्त अवसरमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपालको लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत भोल्कलाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय