Birgunj News24
सहयात्री समाजद्वारा वीरगंजमा अन्र्तक्रिया, तेस्रो लिंगीको विकासमा महानगरले सहयोग गर्ने मेयर सिंहको प्रतिबद्धता 

जगत राई

वीरगंज, साउन ११

सहयात्री समाज नेपालको आयोजना र युएस एम्बेसिको सहयोगमा शुक्रवार यौनि· लैंगिंक तथा अल्पसंख्यकहरुको सम्मेलन सम्पन्न भएको छ । बीरगंजको पानीटंकीमा रहेको डायमन होटलमा सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले गमलामा पानी हालेर उदघाटन गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहेका सिंहले तेस्रो लि·ी तथा समलि·ी लैंगिंक तथा अल्पसंख्यकहरुको बारेमा महानगरपालिकाले गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको थियो । अहिले तेस्रो लि·ी तथा समलि·ीहरुलाई ब्यवस्थापन गर्न यो सहयात्री समाजले ठूलो भुमिका खेल्नु पर्ने सुझाव नगर प्रमुख सिंहले दिएका थिए । 

उनले भने केही विकृति बिसंगति बढिरहेको गुनासो आएकोमा यसलाई  सहयात्री समाज नेपालले समाधान गर्न समेत नगर प्रमुख सिंहले अपिल गरेका छन् । सम्मेलनमा तेस्रो लि·ी तथा समलि·ीहरुले आफुहरु माथि समाज तथा घर परिवारले समेत अपहेलित हुनुपरेको बताए । हामीले आफ्नो खुलेर पहिचान खोजेको तर अहिले पनि धेरै समलि·ी तेस्रो लि·ी समाजमा लुकेर बस्न बाध्य भएको उनीहरूले बताएका छन् ।  

स्थानीय सरकार भए पनि आफुहरुलाई सहयोग नगरेको यदि गर्नुपर्‍यो भने १० प्रतिशत कमिसन माग्ने गरेको खुलासा गरेका छन् । पर्सा जिल्लामा तेस्रो लि·ी तथा समलि·ी अहिलेसम्म खुलेर ५ हजार आएको र बीरगंज महानगरपालिका भित्र मात्र तेस्रो लि·ी समलि·ी १ हजार खुलेर आएको सहयात्री समाजका कार्यक्रम संयोजक सुरज लिम्बूले बताए कार्यक्रम संयोजक सुरज लिम्बूलेले बताए । वडा नम्बर ७ का वडा  अध्यक्ष हिराकाजी महर्जन, नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।

सहयात्री समाज नेपाल पर्साका अध्यक्ष कान्तलाल थारूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संयोजक सुरज लिम्बूले सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update