नेकपा एमाले निकट अखिल नेपाल पिछडा वर्ग(ओबिसी) महासंघको केन्द्रिय सचिवालय वैठक वीरगंजमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको अध्यक्षता एवं ओविसीका केन्द्रिय ईन्र्चाज हरिनारायण महतोको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले निष्कृय रहेका केन्द्रिय सदस्यहरुलाई ६ महिनाको लागि निलम्बन गरेको छ, यसैगरी बैठकले रुपा महतोका संयोजकत्वमा महिला बिभाग गठन गरेको छ । नवगठित बिभागको सह संयोजक बिनिता ठाकुर, लगायत रहेका छन । यसैगरी बैठकले भाद्र १४ र १५ गते ढल्केवरमा केन्द्रिय बैठक र प्रशिक्षण भेला गर्ने निर्णय गरेको छ । बैठकले साउन भित्र लुम्बिनी ,कोशी र मधेश प्रदेशको प्रदेश बैठक सक्ने निर्देशन दिएको छ । बैठकले साउन २० गते भित्र सदस्यता रशिदको बिवरण आम्दनी आर्थिक बिभाग प्रमुख अकलेश साहलाई बुझाउने निर्णय गरेको छ ।
बैठकमा उपाध्यक्ष अकलेश साह, बालेश्वर कामत,उप महासचिव धनराज गुप्ता,सचिव अशोक यादव, सुनिल यादव,चन्द्रप्रकाश यादव,पुनम साह,कोषाध्यक्ष लिला कुशवाहा,सचिवालय सदस्य संजय गुप्ता,रामविश्वास राय लगायतको उपस्थिती थियो । होटल मकालुमा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव जयप्रकाश महतोले गरेका थिए । निकट ओबिसीको केन्द्रिय सचिवालय बैठक वीरगंजमा सम्पन्न
नेकपा एमाले निकट अखिल नेपाल पिछडा वर्ग(ओबिसी) महासंघको केन्द्रिय सचिवालय वैठक वीरगंजमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषादको अध्यक्षता एवं ओविसीका केन्द्रिय ईन्र्चाज हरिनारायण महतोको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले निष्कृय रहेका केन्द्रिय सदस्यहरुलाई ६ महिनाको लागि निलम्बन गरेको छ, यसैगरी बैठकले रुपा महतोका संयोजकत्वमा महिला बिभाग गठन गरेको छ । नवगठित बिभागको सह संयोजक बिनिता ठाकुर, लगायत रहेका छन । यसैगरी बैठकले भाद्र १४ र १५ गते ढल्केवरमा केन्द्रिय बैठक र प्रशिक्षण भेला गर्ने निर्णय गरेको छ । बैठकले साउन भित्र लुम्बिनी ,कोशी र मधेश प्रदेशको प्रदेश बैठक सक्ने निर्देशन दिएको छ । बैठकले साउन २० गते भित्र सदस्यता रशिदको बिवरण आम्दनी आर्थिक बिभाग प्रमुख अकलेश साहलाई बुझाउने निर्णय गरेको छ ।
बैठकमा उपाध्यक्ष अकलेश साह, बालेश्वर कामत,उप महासचिव धनराज गुप्ता,सचिव अशोक यादव, सुनिल यादव,चन्द्रप्रकाश यादव,पुनम साह,कोषाध्यक्ष लिला कुशवाहा,सचिवालय सदस्य संजय गुप्ता,रामविश्वास राय लगायतको उपस्थिती थियो । होटल मकालुमा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव जयप्रकाश महतोले गरेका थिए ।