Birgunj News24
धनगढीको नोभा अस्पतालमा बिरामीको मृत्युलाई लिएर तनाव

उपचार गर्न भर्ना भएका १७ वर्षीय युवकको मृत्यु भएको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाव उत्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरीका १७ वर्षीय किशोर नसिब चौधरीको मृत्युलाई लिएर तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी० पदमबहादुर विष्टले लोकान्तरलाई जानकारी दिए । 

निमोनिया भएर अस्पताल भर्ना भएका चौधरीको लापरबाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले आन्दोलन चर्काएका हुन् । अस्पतालमा ढुंगा प्रहार गर्दै तोडफोड पनि गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । 

मृतकका आफन्तसँग वार्ता गरिरहेको अवस्थामा अर्को समूहले अराजक गतिविधि गरेको एसपी विष्टले बताए।  साउन ७ मा अस्पताल भर्ना भएका चौधरीको शुक्रवार मृत्यु भएको थियो ।

आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् । साथै, डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update