वीरगञ्जको परवानीपुरस्थित ब्रिटानीय नेपालले शौचालय निर्माण गरेको छ । ब्रिटानीया नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा दुई वटा शौचालय निर्माण गरिदिएको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै ब्रिटानीया नेपालले शौचालयसँगै विद्यालयका २ वटा कोठाको पनि मर्मत तथा रंगरोगन गरिदिएको छ । वडाअध्यक्ष राधाकृष्ण रौनियारको पहलमा ब्रिटानीयाले विद्यालयमा कोठा मर्मत तथा शौचालय निर्माण गरेको विद्यालयका प्रधानाध्यापक रामेश्वर साहले जानकारी दिए ।
प्रधानाध्यापक साहकाअनुसार शौचालय नहुँदा यसअघि समस्या हुने गरेको थियो । कोठाको मर्मत तथा रंगरोगनले विद्यालयलाई ठूलो सहयोग पुगेको प्रधानाध्यापक साहको भनाई छ ।
वडाअध्यक्ष रौनियारले पनि विद्यालयलाई गरेको सहयोगको लागि ब्रिटानीया नेपाललाई आभार प्रकट गरे । ब्रिटानीयाले उत्पादन र बजारीकरणसँगै सामाजिक कार्यमा गरेको सहयोगको वडाअध्यक्ष रौनियारले सह्राना गरेका छन् ।
ब्रिटानीय नेपालका महाप्रबन्धक सन्दिप वंशलले आगामी दिनमा पनि अन्य आवश्यक सहयोग गर्ने दृढता व्यक्त गरे । विद्यालय ज्ञानको मन्दिर भएको बताउँदै उनले विद्यालयलाई सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
वडाअध्यक्ष रौनियारको प्रमुख आतिथ्यतामा ब्रिटानीया नेपालका महाप्रबन्धक सन्दिप वंशल, एचआर म्यानेजर बिनोद साह, प्रधानाध्यापक रामेश्वर साह लगायत अभिभावक एवम् स्थानीयको उपस्थितीमा एक कार्यक्रमका बीच शौचालय र कोठाको उद्घाटन गरिएको स्थानीय समिर आलमले जानकारी दिए ।