Birgunj News24
फेरी प्रहरी प्रमुख ढुंगेल एक्सनमा ,तस्कर,बिचौलीयालाई नछाड्न निर्देशन

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलले सुशासन कायम गर्न प्रहरीलाई निर्देशन दिएका छन । पर्साका प्रहरीहरु संग आज बिशेष छलफल गर्दै शान्ति स्थापना र तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्न  ठाडो निर्देशन दिए ।  ढुंगेलले पर्सामा तस्करी  रोक्न मातहातका प्रहरी प्रमुखहरुलाई निर्देशन दिर्दै फाटफुट रूपमा  तस्करी भइरहेको गुनासाहरू प्रति गम्भिर भएर काम गर्न  निर्देशन दिए । गुनासाहरु काहीँ कतैबाट आउनुहुदैँन, कसैको एरियाबाट तस्करी हुनुहुँदैन । यदि कसैले यस्ता गरायो भने, त्यसलाइ त्यहीबेला कारबाही गरिन्छ । त्यसकारण पूर्णरुपमा तस्करी बन्द हुनुपर्छ ।’ साथै प्रहरीलाई प्रभावमा पार्ने तस्कर बिचौलीयालाई कारवाही गर्न पनि उनले ठाडो निर्देशन दिए ।  
नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रहरी प्रमुख ढुंगेलले मातहातका प्रहरी प्रमुखहरुसँग छलफल गर्दै विभागको नीतिभन्दा बाहिर गएर कसैलाई काम गर्ने छुट नभएको निर्देशन दिए ।
उनले भने, ’विभागको नीति अनुसार काम गर्ने प्रहरीलाइ पुरस्कृत गरिनेछ, नीति विपरीत काम गर्नेलाइ भने ठाडो कारवाही गरिनेछ । गलत गर्ने जोसुकै भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ ।’
सेवाग्राहीलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रहरी प्रमुख ढुंगेलले युनिट प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
सो अवसरमा जिल्लाका चौकी इन्चार्ज र इलाका प्रहरी कार्यालयका इन्चार्जसहित सबै प्रमुखहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update