Birgunj News24
विश्रामपुर गाउँपालिकाबाट   ७ लाख बराबरको भन्सार छलीका लत्ताकपडा बरामद

बारा प्रहरीले ७ लाख मूल्य बराबरका भन्सार छलीका लत्ताकपडा बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा भन्सार छलीका लत्ताकपडाहरू बरामद गरेको प्रहरीले जनाएको छ । भन्सार छली ल्याउँदै गरेको अवस्थामा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बाट लत्ताकपडाहरु नियन्त्रणमा लिईएको बारा प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले कुर्ता सुरुवालसहितका कपडाका आइटमहरु बरामद गरेको जानकारी दिएको छ । बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update