Birgunj News24
केरलामा पहिरोले १४३ जनाको मृत्यु 

भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या एक सय ४३ पुगेको छ । पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

लगातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ । पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ । 

त्यसै गरी, अविरल वर्षाका कारण आएको पहिरोले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update