भाठा मेलामा दर्शन गर्न आउँदै गरेका मकवानपुरका दुई जना सम्पर्कविहिन भएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ मा अवस्थित दुधेश्वरनाथ महादेव ९भाठा मेला० मन्दिरमा दर्शन गर्नको लागी मकवानपुरबाट आउँदै गरेका दुई जना सम्पर्कबिहिन भएका हुन् ।
ठोरिको जङ्गलको बाटो भएर आइरहेका ६ जनामध्ये ४ जना सम्पर्कमा भएपनि दुई जना शीतलपुर खोलाबाट सम्पर्कविहीन भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
मकवानपुरको शितलपुर खोला र दुधेश्वर महादेव मन्दिर बीचमा पर्छ । सो खोला नजिकै हातिको बथान रहेको हुँदा दुईजनालाई हाथीले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।
हराएका दुई जनालाई पर्सा राष्ट्रिय निकुञ्जका गढुवा लाइन पोस्ट, ईलाका प्रहरी कार्यालय ठोरीको टोली सितलपुर खोलातिर खोजी कार्यमा गएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए । उनकाअनुसार प्रहरीसँगै नेपाली सेना तथा बन एवम् पर्सा राष्ट्रिय निकुञ्जको टोलीले दुई जनाको खोजी गरीरहेको छ । खोलातिर फोन नेटवर्क नभएकोले अन्य जानकारी आउन नसकेको उनको भनाई छ ।