Birgunj News24
डेंगु का कारण ५० वर्षीय एक पुरूषको ज्यान गयो

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो । मृतक पुरुषलाई अन्य रोग पनि रहेको महाशाखाको किटजन्य रोग शाखा इडीसीडीले जानकारी दिएको छ ।
यस वर्ष २ हजार ३ सय ६५ जनामा डेंगु सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो । अहिले मुलुकका ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ भने सबैभन्दा बढी सङ्क्रमित काठमाडौँ जिल्लाका २८७ जना रहेको इडीसीडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update