Birgunj News24
बाराबाट भन्सार छलीका एक लाख ३४ हजार मूल्यका कपडा बरामद

वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छलीका एकलाख भन्दा बढीका कपडा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया र मधेश प्रदेश प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले भन्सार छलीका कपडा बरामद गरेको हो ।
प्रहरीले चलाएको जाँच अभियानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक एरियाबाट एक लाख ३५ हजार रुपैँया मूल्य बराबरका कपडा बरामद गरेको जनाएको छ ।
बिराटनगरबाट काठमाण्डौँतर्फ जाँदै गरेको प्र १–०५–००१ ख १०३ नम्बरको बसबाट बिल बिजक भन्दा बढीका लेडिज प्लाजो ५ बोरा नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।a
बरामद कपडा आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update