Birgunj News24
भन्सार छलीका एक लाख बढी मूल्यका टेन्ट कपडा बरामद

प्रहरीले बाराबाट करिब एक लाख मूल्य बराबरका भन्सार छलीका टेन्ट कपडा बरामद गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज(नारायणगढ मार्ग हुँदै जाँदै गरेको बसबाट उक्त कपडाहरु बरामद गरेको हो।
प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार, ना ५ ख २१४८ नम्बरको बसबाट बिल(बिजकभन्दा बढी मूल्यका टेन्ट कपडाहरू फेला परेपछि प्रहरीले ती कपडाहरू नियन्त्रणमा लिएको हो। बरामद कपडाको मूल्य एक लाख ११ हजार ४ सय रुपैयाँ रहेको बताइएको छ।
प्रहरीले हाल उक्त कपडाका विषयमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update