Birgunj News24
नेशनल मेडिकल कलेजका एमडी अंसारी माथि दर्ता भएको मुद्दा खारेज

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीमाथि दर्ता गरिएको  मुद्दा खारेज भएको छ। पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले अन्सारीलाई क्लिन चिट दिएको हो।

गत चैत महिनाको अन्तिम साता पर्सा प्रहरीले अन्सारीमाथि म्याद नाघेको केमिकल प्रयोग गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो।

मेडिकल कलेजको ल्याबबाट बरामद गरिएको म्याद नाघेको केमिकलका कारण प्रहरीले अन्सारीविरुद्ध पाँच वर्ष कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो। तर, यस मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले पर्याप्त सबुत प्रमाण नदेखिएको भन्दै मुद्दा नै नचलाउने निर्णय गरेका छन्।
जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख भोला निरौलाले असार २५ गते सबुत प्रमाण कमजोर रहेको कारणले मुद्दा नचलाउने निर्णय भएको बताए। यद्यपि, यसको कागजात अझै नआएको र त्यसपछि मात्र सफाइ दिने आधारबारे थप अध्ययन गरिने जानकारी दिए।
सरकारी वकिलको कार्यालय प्रमुख सुशिल देवकोटाले यसअघि नै मुद्दा नचलाउने निर्णय गरेको जनाइएको थियो। अहिलेको निर्णयले अन्सारीमाथि लागेको सबै अभियोग खारेज भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update