सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका( ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अवैध सामानहरू ओसार पसार गर्ने म।प्र।०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाहीबाट वीपी राजमार्गहुँदै काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रकभित्र बिल बिजकभन्दा अतिरिक्त अवैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरा चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११ बोरा छोकडा, ३ लाख ८४ हजार मुल्य बराबरको ६ बोरो सुपारी, ७२ हजार बराबरको २ बोरा कालो मरिच र ६ लाख ४० हजार मुल्य बराबरको १६ बोरो सेतो मरिच बरामद गरिएको हो।
ट्रकमा भएको बिल बिजक भन्दा बढी अवैध सामान फेला पारेपछि नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो । बरामद सामान र ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको पनि प्रहरी प्रमुख काफ्लेको भनाइ छ।