Birgunj News24
नबिल बैंक  बीरगंजले बिल्लीबाठ बनायो, सहमति तोड्दा करोडौं नोक्सानी     थप कर्जा पनि दिएन, आफ्नो बचत पनि कपटपूर्ण तरिकाले निकालेको आरोप

बीरगंजमा रहेको नबिल बैकले आफनै क्लाइन्टलाई बर्बाद गर्ने मनसायले प्रस्तुत भएको समाचा प्राप्त  हुन आएको छ । केही बर्ष पहिले राजकिशोर प्रसाद पटेलले एनिमल डेभलपमेन्ट केयर नेपालको नाममा ब्याबसायीक संस्था खडा गरि लगानीको लागी सबै प्रकृया पुरा गरेर बैकबाट ५ करोड ६६ लाखको कर्जा स्वीकृत भयो तर त्यसमा पनि निकै बदनियत र जाmलझेल गरेको समाचार प्राप्त हुन आएको छ । 
             नबिल बैंकको बाइपास शाखाबाट १२ करोडको धितो सुरक्षित गरि सबै प्रकृया पुरा गरेको कर्जामा पनि २ करोड ९० लाख मात्र कर्जा दिएर स्वीकृत बाँकी रकम नदिएपछि ऋणीको सबै लगानी जोखिममा परेको छ भने थप पूंजीको अभावमा एनिमल डेभलपमेन्ट केयरको योजना नै बन्द हुने अवस्थामा पुगेको छ । यसका संचालक राजकिशोर प्रसाद पटेलले बैंकले कपटपूर्ण रुपमा आफुलाई बिल्लीबाट बनाएको र आफ्नो सुरक्षित धितो हुँदाहुँदै पनि स्वीकृत कर्जा प्रबाह नगर्दा करोडौ रुपैंया डुब्नुको साथै आफु बिल्लीबाट भएको गुनोस पटेल गर्छन । 
    बारम्बार बैक जान्छु तर कुरा हूँदैछ भन्दै लोन शाखाले गुमाराहामा राख्ने गरेको गुनासो समेत उनले गरेका छन । बैकले पटक पटक सहमति गर्छ नयाँ नयाँ स्कीम ल्याउँछु भन्दै ब्याज असुल्ने गर्छ तर सहमति अनुसार काम नगर्दा बैककै कारण योजना समेत अलपत्रमा परेका समेत पटेल दुःखोसे पोख्छन । आफुले २०७८ असोज ११ गते ५ करोड ६६ लाख कर्जा स्वीकृत भएपछि काम शुरु गरे तर अहिले रकम नै नदिएपछि अन्य बिभिन्न सेक्टर समेतको गरि ५ करोड भन्दा बढी खर्च भैसक्यो तैपनि सेडको निर्माणको लागि कबुल गरेको रकम नदिएर ग्राहकलाई अत्याचार गरेको आक्रोश समेत पटेल पोख्छन । 
           कर्जा स्वीकृत गर्दा बैंकले प्रतिशत आफुले लगानी गर्नुपर्ने र बाँकी ७० प्रतिशत लोन मार्फत खर्च गरिने शर्तनामा गर्यो सोही बमोजिम आफुले ८० लाख नगद बैकमा जम्मा गरे सो रकम पनि बैकले ब्यजमा रुपान्तरण गरेर झन बढि पीडा थपेको कुरा समेत पटेलले बताए । अहिले रकमको अभाव, थप लगानीको समस्याका कारण ३ महिना पहिला देखि नै साँवा र ब्याज तिर्न नसकेको बताउने पटेल किस्ता त परियोजन पूरा गरि संचालनमा आएपछि मात्र तिर्नुपर्ने मौेद्रिक नीतिले दिएको सुबिधालाई समेत नबिल बैकले अवज्ञा गरेको गुनासो समेत पटेलको रहेको छ । यस बारेमा नबिल बैकको बीरगंज स्थित बाइपास शाखाका प्रमुख पवन पौडेलसँग सम्पर्क गर्नखोज्दा उनको मोबाइल उठेन । यसरी बैकले बारम्बार सर्वसाधारण ग्राहकालाई कबुल गरे अनुसारको काम नगर्दा साना ब्यबसायीहरुले कठिनाइ बेहोर्न परिरहेको समेत उनको तर्क रहेको छ । सभार :- चोईस खबर 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update