Birgunj News24
बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको लागि भारतले निगरानी समिति बनाउने

बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको निगरानीका लागि एक समिति बनाउने निर्णय गरेको छ ।

यो समिति बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा जुट्ने छ।

भारतीय गृहमन्त्री अमित शाहले शुक्रबार एक ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

‘बंगलादेशमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मोदी सरकारले भारत(बंगलादेश सीमा ९आईबीबी० मा जारी अवस्थाको निगरानीका लागि एक समिति गठन गरेको छ’, उनले भनेका छन् ।


उनका अनुसार यो समिति बंगलादेशमा आफ्ना समकक्षी अधिकारीसँग संवादमा रहने छ । यो समितिले बंगलादेशमा नियमित संवादमा रहेर त्यहाँका भारतीय नागरिक, हिन्दु र अन्यअल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्ने छ । यस समितिको अध्यक्षता एडीजी, सीमा सुरक्षा बल र पूर्वी कमानले गर्नेछन् ।
बंगलादेशमा शेख हसिनाले देश छोडेर गएपछि सामाजिक सञ्जालमा हिन्दुहरूको सम्पत्ति र मन्दिरमा हमला गरिएका समाचार लगातार आइरहेका छन् ।

भारतका विदेश मन्त्री एस। जयशंकरले ६ अगस्टमा बंगलादेशको अवस्थाबारे सम्बोधन गरेका थिए ।

‘जुन कुराले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ, त्यो हो बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दा । उनीहरूको पसल र कयौँ स्थान‍का मन्दिरमा आक्रमणको खबर आएको छ। तर अहिले पनि हामीलाई यसबारेमा पूरा जानकारी आइसकेको छैन ।’

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update