Birgunj News24
वीरगञ्ज ६ मा महिला अभिमुखीकरण सम्बन्धी तालिमको आयोजना 

वीरगञ्ज, १५ पुष ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ ले महिला अभिमुखीकरण सम्बन्धी तालिमको आयोजना गरेको छ । महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने अभिप्रायले आमा नेपाल संस्थासँगको सहकार्यमा वडा कार्यालयले अभिमुखीकरण तालिमको आयोजना गरेको वडाअध्यक्ष जय प्रकाश साह अग्रवालले जानकारी दिए ।

वडाअध्यक्ष अग्रवालका अनुसार अभिमुखीकरणअन्र्तगत पहिलो चरणमा सिलाईकटाई सम्बन्धी तालिम सञ्चालन गरिएको छ । यसपछि ब्युटिशियनसँगै पोते बनाउने र कुशन बनाउने तालिम सञ्चालन हुने अग्रवालले बताए ।

महिला अभिमुखीकरण तालिमकै लागि वडा कार्यालयले पहिलो चरणमा २ लाख बजेट बिनियोजन गरेको र आगामी आर्थिक वर्षमा अझै बढाउँदै तालिमको दायरालाई पनि बिस्तार गर्ने योजना रहेको अग्रवालले जानकारी दिए । 

तालिममा हाल २५ जना महिलाहरु सहभागी भएर प्रशिक्षण लिइरहेको आमा नेपाल फाउण्डेशनकी अध्यक्ष प्रमिला मानन्धरले जानकारी दिइन् ।

यसअघि वीरगञ्ज महानगरकै वडा नम्बर २, ४, ६, ९, ११ लगायतका वडासँगै अन्य विभिन्न ठाउँमा पनि महिला अभिमुखीकरण सम्बन्धी तालिम फाउण्डेशनले सञ्चालन गर्दै आएको छ । १ महिनासम्म चल्ने यस सिलाईकटाई तालिममा आभा गुप्ता र बिन्दा लामाले प्रशिक्षण दिइरहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update