नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवको नेतृत्वमा एक टोलीले नेपाल सरकारका सङ्घीय कानुन मन्त्री अजय चौरसियासँग भेटघाट गर्दै कार्यकालको सफलताको शुभकामना दिएका छन् ।
भेटघाट कार्यक्रममा नेपाली काँग्रेस बाराका उपसभापति अमिरीलाल पाल, बारा क्षेत्र नम्बर २ का सभापति राम प्रवेश यादव, क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, क्षेत्र नम्बर ३ का पूर्व सभापति मुकेश कुशवाह, तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, युवा नेता नाजिर अन्सारी, हरि यादव लगायतका नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
भेटघाटमा मन्त्री चौरसियाले आफ्नो कार्यकालमा समर्पण र मेहनतका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बाराका काँग्रेस नेताहरूसँगको सहयोग र समर्थनको लागि धन्यवाद व्यक्त गर्दै कानुनी सुधारका क्षेत्रमा आगामी योजनाहरूको बारेमा जानकारी गराए ।
भेटघाटको अन्त्यमा, सहभागीहरूले मन्त्री चौरसियाको आगामी कार्यकालको सफलताको शुभकामना दिएका थिए ।