बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति माध्यमिक बिधालयमा एस्पायर जेजे एसएस नामक कार्यक्रम सम्पन्न भएको छ। एलो,ग्रिन,रेड,निलो गरि चारवटा सदनबाट विद्यार्थीहरुले पावर पोइन्ट मार्फत तामा कोशी जलविद्युत आयोजना र जुम्लामा स्याऊ खेती बारे ,आफ्नो स्तरीय प्रस्तुति गरेका थिए। विद्यार्थीहरुले उत्पादन देखि लिएर बजारीकरण कसरी गर्ने र यसको लागत तथा ब्यवस्थापन लागत र सरकार पक्ष बारेमा विद्यार्थीहरुले निकै जोडदार प्रस्तुति गरेकोमा निर्नायक मण्डलहरु समेत चकित परेका थिए। विद्यार्थीहरुले जुम्लामा स्याऊ खेती गरेमा दुवानी ,मजदुर खर्च ,उत्पादन लागतको बारेमा प्रस्तुति गर्ने क्रममा यदि यसलाई बजारीकरण गर्न सके धेरै उपलब्धि हुनेमा विश्वास रहेको सो प्रस्तुतिमा उल्लेख गरेका थिए। त्यसैगरी तामा कोशी जलविद्युत आयोजना निर्माण गरेर आर्थिक उपलब्धि हुने र देशलाई आर्थिक सम्पन्न गर्नमा ठूलो मद्दत पुग्ने विद्यार्थीहरुले आफ्नो प्रतिभा मार्फत प्रस्तुति दिएका थिए। कार्यक्रममा बीरगंज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले यस्ता बिषयमा विद्यार्थीहरुलाई बिधालय स्तरबाट अभ्यास गर्नले उनीहरूको विकास हुने बताए ।उनलेे भने विद्यार्थीहरुलाई बेला बखत यस्ता अभ्यास गर्न लगायो भने त्यति मानसिक तथा शारीरिक रुपमा अगाडि बढने क्षमता विकासमा समेत सहयोग पुग्ने अधिकृत लामिछानेले बताएका छन् । जीवन ज्योति माविका डाइरेक्टर एवम् प्रिन्सिपल शिवजी गुप्ताले बताए अनुसार विद्यार्थीहरुको क्षमता विकास बढाउने उदेश्यले नयाँ बिषयमा अध्यान गर्न लगाउने बताएका छन् ।उनलेे भने विद्यार्थीहरुलाई केवल किताबको ज्ञानले मात्र नपुग्ने भएकोले यसका निम्ति बिधालयले अतिरिक्त क्रियाकलाप गर्न जरुरी रहेको र सो अतिरिक्त क्रियाकलाप मध्ये यो एउटा तामा कोशी जलविद्युत आयोजना र जुम्लामा स्याऊको खेती बारे जानकारी दिने काम गरेको डाइरेक्टर गुप्ताले बताएका छन् । निर्णय मण्डलहरुडाक्टर निशा सिंह ,अनुप अग्रवाल ,पिंकी खेतान,संदिप अग्रवाल रहेका थिए। कार्यक्रममा बिधालयका संचालिका मिनाक्षी गुप्ता ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,माट्रिन मोक्तान ,पत्रकार उज्ज्वल घिमिरे ,तथा शिक्षक शिक्षिकाहरुको उल्लेखनीय सहभागी रहेको थियो भने कार्यक्रमको सहजिकरण बिधालयका संचालीका कामाक्षी गुप्ताले गरेकी थिइन् ।