बीरगंजमा आज देखि कार्जस्पाको कार्यालय खुलेको छ। बीरगंज महानगरपालिका वडा नम्बर १२ यातायात कार्यालय नजिकै खुलेको सो कार्यालय बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र नायिका स्वस्तिमा खड्काले संयुक्तरूपमा रिबन काटेर उदघाटन गरेका हुन ।
कार्जस्पाले कार र बाइक पेन्ट संरक्षण फिल्म ,सिरेमिक कोटिग्स र भित्री तथा बाहिरी भाग सौर्न्दर्यलाई जोगाउने काममा धेरै मद्दत गर्ने भएकोले यो अन्तर्राष्ट्रिय स्तरमा कार तथा बाइक ब्रान्डको लागि धेरै उपयोगी रहेको बताए कार्जस्पा नेपाल कार्जस्पा को आधिकारिक फ्रान्चाइजी रहेको बताए ।नेपाली बजारमा २०१९ देखि नेपाली बजारमा विश्व स्तरीय कारकेयर सेवाहरु ल्याउने काम गरेकोमा आजदेखि बीरगंजमा शुरु भएको बताएका छन् ।
बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन समारोहमा यो एक किसिमको कार र बाइकको सौर्न्दर्य तथा सरसफाइका लागि धेरै राम्रो भएको बताए ।उनले भने सस्तो भन्दा पनि सहुलियतमा सेवा प्रवाह गर्न कार्जस्पाका संचालकलाई आग्रह गर्नुभएको छ।उदघाटन समारोहमा पुर्व मन्त्री ओमप्रकाश शर्मा ,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,वरिष्ठ उपाध्यक्ष हरि गौतम ,बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरी ,वडा नम्बर १३ का वडा अध्यक्ष हिरागिरी,वडा १५ का वडा रमेश तथा अन्य उधोगीहरु पत्रकार लगायतको उपस्थित रहेको थियो ।