साढे ८ लाख बढीको भन्सार छलीका सामान बरामद
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जबाट भन्सार छलीको सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकखण्डबाट प्रहरीले भन्सार छलीका विभिन्न सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा विभिन्न किसिमका लत्ताकपडा, खाद्यान्न तथा मोबाईलका पार्टसहरु बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनकाअनुसार बरामद गरिएको ८ लाख ५८ हजार ५२० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१ १८:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय