उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइ रहनुभएका रेग्मीको बुधबार राति निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो ।
न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।
न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनले आजका निम्ति निर्धारित सबै कामकारवाही स्थगित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय