लुम्बिनीका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ ४ गते विश्वासको मत लिनु हुने भएको छ । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।
एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नेपाली काङ्ग्रेस र नेकपा एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँले सरकारलाई अझै पूर्णता दिन भने सक्नुभएको छैन ।
एमाले र काङ्ग्रेसबाट चाररचार जना मन्त्री नियुक्त गरे पनि तीन वटा मन्त्रालय अझै खाली छन् । सत्ता गठबन्धनका दुई दल एमाले र कांग्रेसबाट थप मन्त्री बनाउनुपर्ने दबाब मुख्यमन्त्री आचार्यलाई रहेको छ । तर उहाँ साना दललाई पनि सरकारमा सहभागी बनाएर अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय