Birgunj News24
एपेक्स म्यानेजमेन्ट कलेजमा बि.बि.ए.को पढाई शुरु, विद्यार्थी ले निःशूल्क ल्याप्टप पाउने

वीरगञ्जमा बि।बि।ए। ९ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन० कार्यक्रम सुरु भएको छ । पछिल्लो ११ वर्षदेखि वीरगञ्जमा सञ्चालित वीरगञ्ज कलेजले भातृ संस्थाको रुपमा स्थापना गरेको एपेक्स म्यानेजमेन्ट कलेजमार्फत बि.बि.ए. कार्यक्रम सुरु गरेको हो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले यही शैक्षिक सत्रदेखि बि।बि।ए। कार्यक्रम सञ्चालन गरिएको कलेजले शुक्रवार वीरगञ्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

कलेजका सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले आफ्नै ठाउँमा सीपसहितको गुणस्तरीय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्ने अभिप्रायले बि।बि।ए। कार्यक्रम सुरुवात गरिएको बताए । यसले विद्यार्थीको क्षमता अभिवृद्धि गरेर रोजगारीको सृजना गर्नेमा उनी विश्वस्त छन् । कलेजले बि।बि।ए। कार्यक्रम अर्थात ८ सेमेस्टरका लागि चार लाख ५० हजार हजार रुपैयाँ शूल्क निर्धारण गरेको अध्यक्ष चौधरीले बताए । प्रथम सेमेस्टरमा विद्यार्थीलाई निःशूल्क ल्याप्ट दिनुका साथै विभिन्न किसिमका सीपमुलक तालिम, सेमिनार एवम् शैक्षिक भ्रमणहरुको व्यवस्था गरिने उनको भनाई छ । 

औद्योगिक भ्रमणसँगै उद्योगीहरुसँग अन्तरक्रिया तथा छलफलका अवसर पनि रहेको उनले बताए । सुदूरपश्चिम विश्वविद्यालयले एपेक्स म्यानेजमेन्ट कलेजलाई ६६ सिटको लागि सम्बन्धन दिएको छ । जसअनुरुप आगामी भदौ ३१ ग्ते प्रवेश परीक्षा लिने तयारी भइरहेको कलेजका प्रमुख बिनोद गुप्ताले बताए । उनकाअनुसार भदौ २५ गतेभित्र प्रवेश परीक्षाको फारम भरेका विद्यार्थीले प्रवेश परीक्षा दिएपछि त्यसको नतिजाको आधारमा ६६ जना विद्यार्थी भर्ना गरी कक्षा सञ्चालन गरिनेछ । 

बि.बि.ए.कार्यक्रमको शुक्रवार नै एक कार्यक्रमका बीच सुरुवात गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा। सुवोध कुमार गुप्ताले सुरुवात गरेका हुन् । बि।बि।ए। को सुरुवात गरेकोमा कलेज परिवारलाई बधाई दिँदै उनले यसबाट वीरगञ्जको शैक्षिक विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक चौरसिया लगायतको उपस्थिती रहेको थियो । 

कलेजका संयोजक सुरेश प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण कलेजका शिक्षक कृष्ण पासवानले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update