नारायणीसहित तीन दिन नदीको बहाव बढ्ने
आगामी तीन दिन नारायणीसहितका नदीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी, कन्काई, कमला, वाग्मती, राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्नेछ । यी नदीमा बहाव बढे पनि जलसतह सतर्कता तलै हुने विभागले जनाएको छ ।
पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीको जलसतह सतर्कता तहनजिक पुग्न सक्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागको अनुरोध छ ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय