पर्साको संखुवा प्रसौनी गाँउपालिकाको औरहामा रंगीन वाटर फाउन्टेन संचालनमा आएको छ । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औरहा पञ्चगावाँमा रंगीन वाटर फाउन्टेन संचालनमा आएको हो । गाउँपालिकाको २० लाखको बजेटबाट उक्त वाटर फाउन्टेन निमार्ण गरि संचालनमा ल्याइएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकारी दिए ।
औराहा पञ्चगावाँमा ठुलो बजार लाग्दछ । त्यहाँ दैनिक रुपमा पालिकाका विभिन्न गाउँबाट खाद्यन र तरकारी किन्न गाउँगाउँका वासिन्दा पुग्ने गरेकोले स्थानियलाई शहरकै अनुभुति गराउन वाटर फाउन्टेनको निर्माण गरिएको यादवले बताए ।
गाउँको सौन्दर्यकरण गर्ने हेतुले उक्त फाउन्टेन निमार्ण गरिएको एमाले प्रसौनी गाउँपालिका कमिटी सचिव चन्दन सहनीको भनाई छ ।
उनले भने “वाटर फउन्टेन निर्माणले औराहालाई सौरहाँ बनाउने अपेक्षाको सुरुवात भईसकेको पुष्टि गर्दछ ।”
यसैगरी वडा नम्बर ६ एकडर्वा टोलमा गढीमाई मन्दिरको सौन्दर्यकरण गरिएको छ । गाउँपालिकाबाट ७ लाखको रकम छुट्याएर उक्त मन्दिरको सौन्दर्यकरण गरिएको पालिका अध्यक्ष यादवले जानकारी दिए । यादवले मन्दिरमा रंगरोगन र लाईट जडान गरि मन्दिरलाई सजाउने काम गरिएको छ । अगामी दिनमा पालिकाको धरोहरलाई संरक्षण संम्बद्र्धन गर्दै लैजाने योजना रहेको यादवले बताए ।