श्रीलंकाले नेपाली नागरिकलाई ६ महिनाका लागि ‘भिसा फ्री’ अनुमतिको घोषणा गरेको छ । श्रीलंका सरकारले नेपालसहित ३५ देशका नागरिकलाई ‘भिसा फ्रि’ अनुमतिको घोषणा गरेको हो ।
श्रीलंकाको मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । यो निर्णय अक्टोबर १, २०२४ देखि लागू हुने त्यहाँको डेली मिरर पत्रिकाले पर्यटन मन्त्रालयका सल्लाहकार हरिन फर्नान्डोलाई उद्धृत गर्दै जनाएको छ । यो निर्णय ६ महिनाका लागि लागू रहनेछ ।
भिसा फ्रि अनुमति पाउनेमा नेपालसहित भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, बेल्जियम, स्पेन, अष्ट्रेलिया, डेनमार्क, पोल्याण्ड, काजाकिस्तान, साउदी अरेबिया, युएई, इन्डोनेसिया, रुस र थाइल्याण्ड छन् ।
यसका साथै मलेसिया, जापान, फ्रान्स, क्यानडा, चेक गणतन्त्र, इटाली, स्विजरल्याण्ड, अस्ट्रिया, इजरायल, बेलारुस, इरान, स्वीडेन, दक्षिण कोरिया, कतार, ओमान, बहराइन र न्यूजील्याण्ड पनि यो सूचीमा छन् ।
श्रीलंकामा भारत, चीन, रुस, जापान, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियाका पर्यटकले पर्यटक भिसा निःशुल्क पाउँदै आएका छन् ।