वीरगञ्जमा गाँजा सहित दुई जना पक्राउ
वीरगञ्ज। ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेट नजिकै चेकजाँचको क्रममा दुई जनालाई प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ गरेको छ।
पक्राउ परेका मध्ये एक व्यक्ति कालिकामाई गाउँपालिका वडा नम्बर ३, हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन पासवान हुन्। उनको रातो झोलाबाट लुकाएर राखिएको ५ किलो ९ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दोस्रो व्यक्ति जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२, अमलेखगंजका १९ वर्षीय उमेश थिङ्ग हुन्। उनको निलो झोलाबाट ८ सय ग्राम गाँजा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुबैजनालाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय