Birgunj News24
बाघको आक्रमणबाट जिराभवानीका ६० वर्षिय वृद्धको मृत्यु

पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । वडा नम्बर ५ शंकर सखुवनियाका ६० वर्षिय तुलसी राउत थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गाउँनजिकैको जङ्गलमा शुक्रबार अपरान्ह घाँस काट्न गएका थिए । त्यस बेला बाघको आक्रमणमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।


दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा थारुको शव आज विहान फेला परेको प्रहरी निरीक्षक बुढाथापाले बताए । शुक्रबार ९हिजो० देखि बेपत्ता रहेका थारुको शव आज विहान सुगिभार नजिकको नर्सरीमा फेला परेको हो ।

उनले भने ,थारु शुक्रबार अपरान्ह घरबाट घाँस काट्न जङ्गल गएका थिए । उनी अबेर रातिसम्म पनि घर नफर्के पछि स्थानियले आज विहान उनलाई खोज्न जङ्गलमा पुगे । खोज्ने क्रममा एकरएक हात खुट्टा नरहेको अवस्थामा उनको शव फेला प¥यो ।

शव फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका टोली शवस्थलमा पुगेर मुचुल्का उठाई शव परिक्षण ९पोष्टमार्टम० गर्न वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाएको प्रहरी निरिक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update