बीरगंज ८ भदौ ÷ आज नेपाल शिक्षक महासंघ पर्साले पत्रकार सम्मेलनको आयोजना गरि बीरगंज महानगर पालिकोको शिक्षा महाशाखाले आफुहरु उपर अन्याया गरेको आरोप लगाएको छ । स्थानीय होटलमा गरिएका पत्रकार सम्मेलनमा यसका नेताहरुले शिक्षा महाशाखाले ऐन कानून र शिक्षा नियमावलीको बर्खिलाफ हुने गरि गरिएको दरबन्दी मिलान, झरुवा, घटुवा र सरुवाका अतिरिक्त अपारदर्शी निर्णय सबै अवज्ञा गर्ने बताएका हुन ।
पत्रकार सम्मेलनमा महासंका अध्यक्ष तिर्थराज यादबले शिक्षा महाशाखाले गरेका अहिलेका निर्णय खारेज र बार्ताको माध्यमले समस्याको समाधान नखोजेमा यसको परिणाम गम्भिर हुने चेतावनी दिँदै अव चरणबद्ध आन्दोलनको तयारीमा रहेको र यसले पनि समस्या समाधान नभएमा गर या मरको अभियानसम्म जाने समेत बताउनुभयो उहाँले शिक्षकहरुको घटुवा र बढुवा एवं अपाएक सरुवा गर्दा समेत आर्थिक चलखेल गरेको आरोप लगाए । उनले शिक्षकहरुले गर्ने आन्दोलनले पठन पाठनमा कुनै अवरोध सृजना हुन नदिने ठोकुवा समेत गर्नुभयो । पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रका मर्म र भावना बिपरित भएका सबै प्रमाण लिएर जाँदा समेत महानगर निरिह बनेको आरोप समेत अध्यक्ष यादबले लगाउनुभएको थियो
पंखा खरिद, पुस्तकालय निर्माण, कक्षा आठको परिक्षा संचालन र दिवा खाजा बितरण र सेनेृटरि प्याडमा समेत अनियमितताको आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा शिक्षक महासंघका महानगर अध्यक्ष प्रदिप कुमार जयसलाललृ ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा शिवनाथ थारु, बिनोद गिरि, सुमु प्रसाद सोनार नेपाल शिक्षक संघ शिक्षक संगठन र महासंघका अगूवा संघ संघ संगठनका नेता तथा शिक्षकहरुको सहभागिता रहेको थियो । यी बिबिध समस्याको बारेमा बीरगंज महानगरका शिक्षा महाशाखाका प्रमुखसँग सम्पर्क गर्न खोज्दा भेट हुन सकेन ।