Birgunj News24
बाराबाट बाबाधामका लागि गएको बस दुर्घटनामा,घाइतेहरुको अवस्था खतरामुक्त

बारा जिल्लाबाट बोलबम तीर्थ यात्राका लागि गएको बस भारत विहारमा दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा आज विहान तीर्थ यात्राका लागि गएको बस दुर्घटना भएको हो ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले बताएका छन् ।


उनका अनुसार दुर्घटनाको प्रारम्भिक सूचना आफूलाई पनि आएको छ ।

यता भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बाराका तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारहका अनुसार सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । उनीहरु देवघरतर्फ गइरहेका थिए । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update