Birgunj News24
जिराभवानी गाउँपालिका बाट अबैध मिठा र मल बरामद 

पर्साको  जिराभवानी गाउँपालिका–१ बलुवा गाँउस्थित एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मिठा  बरामद गरेको छ । भारतबाट तस्करी गरि भित्रयाइएको १ सय २० बोरा मिठा र २० बोरा रासायनिक मल प्रहरीले बरामद गरेको हो ।

बलुवा गाँउका शेख ग्यासुदिन मियाँको घरमा सोमबार बिहान प्रहरीले छापा मारेर खानतलासी गर्दा घरभित्र भण्डारण गरि राखिएको सख्खर र राासायनिक मल प्रहरीले बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सा, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, ईलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान ८ बजेतितर ग्यासुदिनको घरममा छापा मारेको थियो ।

पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बलुवाको एक घरबाट ठूलो परिमाणमा सख्खर बरामद गरिएको र उक्त सख्खर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याउने तयारी भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय पर्सामा सख्खर ल्याइसकेपछि प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने बताए ।

प्रहरी श्रोतका अनुसार प्रहरीले बरामद गरेको सख्खर र मल बलुवाका ग्यासुदिन र उनका साझेदार पूर्व वडाध्यक्ष शे्ख नुमान मियाँको रहेको बताइएकोे छ । बलुवा गाँउमा ग्याासुदिन र नुमानको छुटट्टा छुटटै सख्खर उद्योग खाँडसारी. छ ।

त्यसकै आडमा उनिहरुले भारतको भंगहाबाट सख्खर  मिठा) तस्करी गरेर आफनो उद्योगमा ल्याउने गरेका छन् । तस्करी गरि ल्यइएको सख्खर उनिहरुले आफनो उद्योगको नामबाट बील काटेर ट्याक्टरमा बाराको जीतपुर, सिमरा र काठमाडौंकोे बजारसम्म पुरयाउने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update