Birgunj News24
भन्सार छली  सामान सहित दुई ट्रक  नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले एक करोड ३१ लख भन्दा बढीको भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रहरीले वीरगञ्जदेखि चितवन र कैलालीतर्फ जाँदै गरेका दुई वटा ट्रक नियन्त्रणमा लिएको हो । 

प्र।७ ०१–००१ ख ३०८८ र ना।३ ख ५१६५ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनकाअनुसार प्रहरीले दुवै ट्रकबाट बिलविजक भन्दा बढीका कपडा, औषधी तथा खुद्रा सामान बरामद गरेको छ । 

बरामद गरिएको करिब एक करोड ३१ लख १५ हजार ६९८ रुपैयाँ बराबरको सामानलाई ट्रकसहित राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update