नारायणी अस्पताल परिषद् भित्र संचालनमा रहेको साझा औषधि पसलले मानवीय स्वास्थ्य संग खेलवाड गरेको तथ्य फेला परेको छ। बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी वर्ष ३५ का राजेश साह तुराहालाई विहान उपचारका लागि वेड नम्बर २ को आइसियु वार्डमा भर्ना गरिएको हो ।
उपचारका लागि चाहिने औषधि साझा पसलबाट विमारीका छिमेकी रामचन्द्रले खरिद गरेको स्लाईन पानी भित्र फोहोरको लेदो उक्त आइसियु वार्डमा खतेका इन्चार्जले पानी चढाउने बेलामा फेला पारेको थियो ।
विमारीका आफ्नता प्रवाह देवीले यो फोहोर भएको स्लाइन पानी किन दिएको भनेर उक्त पसलमा फिर्ता गर्न गएका थिए तर पसलेले हामीले के गर्ने यहाँ बाट खरिद नगरेको भन्दै उल्टै झार्न खोजेपछि उनले भनीन म संग यहाँबाट खरिद गरेको बिल छ भनेर बताएको तर कुनै सुनुवाइ नगरेको प्रवाह देवीले संन्चारकर्मी समुक्ष आफ्नो गुनासो पोखेका थिए। उनले भनीन यदि रातिको समयमा भएको भए यति कै चढाउने थियोे होला तर दिनमा भएकोले मेरो विमारी वचन सफल भएको बताए ।
यसबारेमा साझा औषधि पसले संग प्रतिक्रिया लिदा यो कसरी यो हुनै सक्दैन भनेर बताए तर विमारीका आफ्नताले साझा औषधि पसलबाट खरिद गरेको बिल देखाए पछि चार दिन अगाडि मात्र खरिद गरिएको यस्तो गल्ती भयो आइन्दा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको छ तर मानवीय स्वास्थ्य संग खेलवाड गर्ने उक्त संस्थालाई कसले कारवही गर्ने त ? औषधि जस्तो समबेदनशीलमा चिजमा ध्यान नदिनुले गम्भीरतापुवक हेर्नु पर्ने भएको छ।