मानव सेवा आश्रमले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मानव सेवा आश्रम वीरगञ्जले १२ औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जको क्लासिक बैंक्वेटमा बिहिवार रक्तदान कार्यक्रम गर्न लागेको हो ।
वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ति गर्ने अभिप्रायले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको मानव सेवा आश्रम वीरगञ्जका संस्थापक संयोजक देवेश गुप्ताले बताए । उनकाअनुसार आश्रमको वार्षिकोत्सवको अवसरमा देशैभरका शाखा कार्यालयले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रगतको अभावलाई परिपूर्ति गर्नका लागि कार्यक्रममा सहभागि भएर रक्तदान गर्न पनि आश्रमका केन्द्रिय सदस्यसमेत रहेका गुप्ताले आग्रह गरेका छन् । पछिल्लो समय रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव खट्किएको छ । सोही अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आश्रमकी पर्सा जिल्ला संयोजक मुना पुलामी मगरले बताइन् ।
यसैबीच आश्रमले स्थापना दिवसकै अवसरमा पारेर गोरखामा पनि बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।