निलकण्ठवामा पोखरीका माछा मरे, बिष हालेको प्रहरीको अशंका
कलैया उपमहानगरपालिका - १०, निलकण्ठवामा रहेको माछा पालन गर्ने किसान दशैं ठाकुर आफ्नो पोखरीका माछा मर्न थालेपछि चिन्तित भएका छन् । सोमबार र मंगलबार दुई दिनमा मात्रै १० क्विन्टलभन्दा बढी माछा मरेको ठाकुरले जानकारी दिएका छन् ।
पोखरीमा रहेका ग्रास, रोहु, बिग्रेट जातिका सबै माछा एकसाथ मरेपछि १० लाखभन्दा बढीको क्षति भएको ठाकुरको भनाइ छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले कसैले पोखरीमा विष हालेर माछा मारेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि, यही कारणले माछा मरेको हो भन्ने कुनै ठोस प्रमाण नभेटिएकाले अनुसन्धानपछि मात्र वास्तविक कारण पत्ता लाग्ने उनले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डिएसपी. सापकोटाका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय