Birgunj News24
वीरगन्ज पब्लिक कलेज द्वारा क्लास ११ का विद्यार्थीहरुको स्वागतमा शुभारम्भ कार्यक्रमको आयोजना ।


लालबाबु सिंह १३ भाद्र वीरगन्ज । वीरगन्ज पब्लिक कलेजले नवआगन्तुक विद्यार्थीहरुको स्वागतको लागि शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । कलेजका संस्थापक एवं मधेश विश्वविद्यालयका उपकुलपती एवं वीरगन्ज पब्लिक कलेजका संस्थापक प्रा. डा. दिपक शाक्यको अध्यक्षतामा होटेल भिस्वाको सभाहलमा आयोजित २ दिने शुभारम्भ कार्यक्रमको प्रमुख अतिथी उधोग वाणिज्य संघ मधेश प्रदेशका पुर्व अध्यक्ष साहित्यकार समाजसेवी गणेश लाठले पानसमा बत्ती बाली शुभारम्भ गरेका थिए । 
 प्रमुख अतिथी लाठले नम्बरको गेम प्रत्येक कलेजको पढाईमा कहि कम कहि धेरै हुन्छ तर त्यस्को साथ जिवनमा सफल एवं शालिन हुने पढाइ हाम्रो वीरगन्जमा भने वीरगन्ज पब्लिक कलेजमा हुने गर्दछ त्यो नै विद्यार्थीहरुको लागि महत्वपूर्ण कुरो हो किनभने सफलता र फेल हामी आफैले तय गर्ने हो ,पास हुनलाई कहिल्यै पनि सर्ट्कट नलिनु होला किनभने यस्ले केही समय्स्को लागि झिनो भ्रामक रुपले साथ देला तर त्यो हाम्रो जिवनलाइ सधैको लागि फेलियरमा लैजान्छ । फेल हुनु भनेको कहिले पनि सबै खतम नभएर सफलताको एक झटका हो खुडकिलो हो जस्ले हामिलाइ थप उर्जान्वित भएर सफल भएर नया अध्याय गर्न प्रेरित गर्दछ यस्को हजार्सी उदाहरणहरु छन । बाहिरको दुनिया क्रुर रहेकोले आफू ,परिवार, गुरु,साथिहरुको साथ सहयोग स्नेहले हामी अगाडि बढन सक्छौ त्यसको लागि अनुशासन र मेहनत सबै भन्दा ठूलो शक्ति रहेकोले उनिहरुको सम्मान गर्न आग्रह गर्दै लाठले सम्पुर्ण अवआगन्तुक विद्यार्थीहरुलाइ शुभकामना दियेका थिए ।
 त्यसै गरि कलेजका संस्थापक शाक्यले ठुलो सपनाको लागि ठुलो प्रयास मेहनत आवश्यक रहेकोले अनुशासनमा रहेर समयको सदुपयोग गरि कठोर मेहनेत गरि सफल बन्न सकिन्छ । हामिले सधै राम्रो अध्यापनको साथै विभिन्न ज्ञानवर्धक गोष्ठी सेमिनार तालिमहरुको आयोजना गरि विद्यार्थीहरुमा रहेको विशेष कार्य क्षमतालाई बलियो बनाउछौ र अब हामी नोकरी गर्ने हैन कि काम दिने हात बनाउदछौ जस्ले गर्दा यहि विद्यार्थीहरु भोलिका सफल व्यवसायी बन्ने र अन्य लाई रोजगार प्रदान गर्नेछन । म त किसान को, मजदुरको,कर्मचारी,चालकको छोरा हु कसरी व्यवसायी बन्न सक्छु पैसो छैन भनेर सोचे पछि त तपाइँ त्यही नै रोकिनु हुन्छ वा कामचलाउ नोकरी गर्न सक्नु हुन्छ त्यस्ले तपाइँको र आमाबुवाको सपना पूरा हुन सक्दैन तसर्थ ठूलो सपना हेर्नुस र त्यस्लाई पूरा गर्न मात्र अबको ४-५ बर्ष कस्सिएर अनुशासित लगनशील भएर मेहनत गर्नुस र हेर्नुस त तपाईं लाई जिन्दगी भरी आम्दानी माथी आम्दानी हुन्छ अनि तपाईको सबै सपना एक पछि अर्को गर्दै पूरा हुँदै जान्छन त्यस्को प्रत्यक्ष उदाहरण तपाईको सामुन्ने दिपक शाक्य नै खडा छु नि कहि हेर्न जानू पर्दैन भनी हौसला प्रदान गरेका थिए शुभकामना दिएका थिए ।
 उहाले वीरगन्ज शहरमा वीरगन्ज कपडा बैंक र मानवसेवा आश्रमले दिन दुखी असहायको सेवा सहयोग गरिरहेकोमा आफू निकै खुशी र गर्विलो भएको बताउदै सम्पुर्णलाई दुबै संस्थालाई सहयोग गरि सेवा गर्न हातेमालो गरि मानवता बलियो बनाउन आग्रह पनि गर्नु भएको थियो ।
 सो कार्यक्रममा अतिथिहरु कुशल व्यवसायी तथा परामर्श केन्द्र मधेश प्रदेशका अध्यक्ष सरोज कोइराला ,मानवसेवा आश्रम मधेश प्रदेश संयोजक देवेश मानवसेवा,वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,मोहित गुप्ता,रेडक्रस रेषमकोठिका युवा संयोजक अभिलाष गुप्ता लगायत सन्चारकर्मिहरु अन्कुश दैनिक का सन्तोष रन्जितकार,जन भण्डाफोरका जगत राई,मिर्मिरे अनलाइनका दिपक चौरसिया,ज्योती टिभिका कन्हैया पटेल,जाकिर हुसैन र कलेजका शिक्षक विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रम संयोजक वासुदेव लाल कर्णले बताउनु भयो ।
सो कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरुस्कार एवं प्रमानपत्र प्रदान गरि पुरुस्कृत र अतिथीगण लाई मायाको चिनो प्रदान गरि सम्मानित गरिएको कार्यक्रमको सहजीकरण कलेजका विद्यार्थीहरु आयुष अग्रवाल र दुर्गा मिश्राले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update